काठमाडौ-क्यारेबियन प्रिमियर लिग टि-२० अन्तर्गत जमैकाको किङ्सटन स्थित सबिना पार्कमा आज सम्पन्न भएको खेलमा ट्रिबाङगो नाइट राइडर्सले जमैका तल्लावान्सलाई ४१ रनले पराजित गरेको छ।
टस हारेर ब्याटिंग गर्ने क्रममा ट्रिबाङगो नाइट राइडर्सले २० ओभरमा २ विकेट गुमाएर २६७ रन बनाएको थियो। ट्रिबाङगोका लागि लेन्डोन सिमोन्स ८६(४२) सुनिल नारिन २०(१८) कोलिन मुनरो ९६(५०) र किरोन पोलार्डले ४५(१७) रनको योगदान दिएका थिए। ट्रिबाङगोले २० रन अतिरिक्त रन पाएको थियो। जमैकाको लागि जाहिर खानले १ विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन।
ट्रिबाङगो नाइट राइडर्सले दिएको २६८ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले पुरै ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर मात्र २२६ रन बनाउन सक्यो। जमैकाको लागि क्रिश गेल ३९(२४) ग्लेन फिलिप्स ६२(३२) चाडविक वाल्टन ६(३) रोभमन पाउल ६(२) रन बनाउदै रिटायर्ड हर्ट आऊट भए। त्यस्तै गरि जर्ज वर्कर १८(१०) जाभलेन ग्लेन ३४(२४) डेभरल ग्रीन १५(१०) र रमल लुईसले ३७(१५) रन मात्र बनाएर लक्ष्य भेट्टाऊन असफल भयो।
ट्रिबाङगोका लागि मोहम्मद होसैनले २ तथा सुनिल नारिन, किरोन पोलार्ड र जे डी निशमले समान १/१ विकेट लिए ।
ट्रिबाङगो नाइट राइडर्स लगातार चौथो जित दर्ता गर्दै ८ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। जमैकाको भने यो चौथो हार हो। अंक विहिन रहँदै जमैका पुछारमा रहेको छ।
ट्रिबाङगो नाइट राइडर्सले बनाएको २६८ रन नै टि-२० फ़्रेन्चाइज् क्रिकेटमा सर्वाधिक रनको योगफल हो।
यस अघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले सन् २०१३ आइपीएलमा पुने वारियर्स बिरुद्ध २६३ रन बनाएको थियो। उक्त खेलमा क्रिस गेलले ६६ बलमा अविजित १७५ रन बनाएका थिए जुन टि-२० मा सर्वाधिक व्यक्तिगत योगफल हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस