काठमान्डौ-श्रीलंकामा जारी एसीसी यूथ-१९ एसिया कप-२०१९ क्रिकेटको उपाधि भारतले जितेको छ। फाइनलमा शनिबार बंगलादेशमाथि ५ रनको रोमान्चक जित निकाल्दै छैटौं पटक एसीसी यू१९ एसिया कपको उपाधि जितेको छ। भारतले दिएको १०७ रनको सामान्य लक्ष्य बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १०१ रनमा अलआऊट पछि भारतले नाटकीय रुपमा उपाधि हात पारेको हो।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ३२ ओभर ४ बलमा अलआउट हुँदै १०६ रनमा समेटिएको थियो। बंगलादेशको धारीलो बलिङ सामु भारतका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन।भारतका लागि करण लालले सर्वाधिक ३७ तथा कप्तान ध्रुब चन्द जुरेलले ३३ रन बनाए। बंगलादेशका मृतुनजोय चौधरी र शामिम होसेनले ३/३ विकेट लिए। त्यस्तै शाहिन आलम र हसन सकीबको नाममा समान १/१ विकेट लिए।
भारतले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशका लागि कप्तान अकबर अलीले २३ रन जोडे। यस्तै मृत्युन्जय चौधरीले २१ तथा तान्जिम हसन सकिबले १२ रन बनाए। त्यस्तै शाश्वत रावतले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जितको संघार नजिक पुगेको बंगलादेशलाई सस्तैमा समेट्न भारतका अथर्व अन्कोलेकारले एक्लैले ५ विकेट लिए। यस्तै आकाश सिंहले ३ विकेट लिए। बिद्याधर पाटिल र शुशान्त मिश्राले १/१ विकेट लिए।
भारतका अर्जुन आजाद खेलको म्यान अफ द सिरिज भएका छन।
साबिक बिजेता र बंगलादेश सेमिफाइनलमा भने दुवै टोलीले भाग्यमानी बन्दै फाइनलमा भेट पक्का गरेका हुन्। बिहिबार वर्षाले दुवै सेमिफाइनल खेल रद्द भएपछि भारत र बंगलादेश समूह विजेताको रुपमा फाइनल पुगेका थिए।
समुह बी मा रहेको नेपाल श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो। नेपालले यूएईलाई १६० रनले पराजित गर्दै सान्तवना जित पारेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस