काठमाडौं – नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट जीवनराम दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
चार वर्षे कार्यकालको लागि भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई ७ भोटले हराए ।
कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए । उमेशलालले १० मत प्राप्त गरे ।
यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेज बहादुर गुरुङ (२०), अशोक राज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द बैद्य (२२) मतसहित विजयी भए ।
पुष्प दास श्रेष्ठ, राजिब श्रेष्ठ र समिम मिया अन्सारी भने पराजित भए । पुष्प र राजिबले समान ११/११ मत प्राप्त गर्दा अन्सारीले १२ मत ल्याए । पाँच उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले १५ मत ल्याएर विजयी भए । श्रेष्ठले पुरेन्द्र बिक्रम लाखेलाई ३ मतले पछि बनाए । लाखेले १२ मत ल्याए ।
सचिवमा रामजी श्रेष्ठ (१८), दिपक हर्ष वज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित भए ।
३ सचिवका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव केशब कुमार बिष्ट १७ मत ल्याएर पराजित भए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस