काठमान्डौ-इङलिश प्रिमियर लिग फुटबल २०१९ को पाँचौ चरणको गएरातिको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-१, टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-०, म्यानचेस्टर युनाईटेडले लेस्टर सिटीलाइ १-०, चेल्सीले वुल्भ्सलाई ५-२ ले साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्दा डिफेन्डिंङ च्याम्पियन म्यानचेस्टर सिटि नर्विच सिटिसंग ३-२ ले हार बेहोरेको छ।
लिभरपुल विरुद्ध न्युकासल युनाइटेड
लिभरपुलले न्युकासल युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो। लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे। यस्तै मोहमद सलाहले एक गोल गरे। न्युकासलका जेट्रो विलियम्सले एक गोल गरे।
पहिलो हाफको सातौं मिनेटमा जेट्रोले गोल गर्दै न्युकासललाई १-० अग्रता दिलाएका थिए। २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। ४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल २-१ ले अघि बढाए। त्यसपछि दोस्रो हाफको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए। जितसँगै लिभरपुलले शीर्ष स्थान कायम छ। लिभरपुलले ५ खेलबाट १५ अंक जोडेको छ। न्युकासलको पाँच खेलबाट ४ अंक सित १७ औ स्थानमा रहेको छ।
टोटेनहम विरुद्ध क्रिस्टल प्यालेस
घरेलु मैदान लन्डनमा भएको खेलमामा चमत्कारी प्रर्दशन गरेको टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो गोल अन्तरले हराएको छ ।टोटेनहमका चारै गोल पहिलो हाफमा सम्भव भएको थियो। हटस्परको जितमा कोरियाली स्टार सन ह्युङ मिनले दुई गोल गरेक छन्। एक गोल इरिक लामेलाले थप्दा एक गोल उपहार पाएको थियो ।
१० औ मिनेटमा सनले टोटेनहमका लागि पहिलो गोल गरेका थिए। २१ औं मिनेटमा प्यालेसका प्याट्रिक भान आन्होल्टको आत्मघाती गोलमा टोटेनहमले अग्रतालाई दोब्बर बनाएको थियो। त्यसको दुई मिनेट पछि नै सनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटेनहमले ३-० को अग्रता लियो। ४२ औं मिनेटमा इरिक लामेलाले गोल गरेपछि टोटेनहम पहिलो हाफमा ४–० ले अघि बढ्यो। दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको चार गोल नै टोटेनहमको जितमा पर्याप्त बन्यो। जितसँगै टोटेनहम ५ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित प्यालेस ७ अंक जोडेर ११ औं स्थानमा छ।
म्यानचेस्टर युनाईटेड विरुद्ध लेस्टर सिटी
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाईटेडले लेस्टर सिटीमाथि १-० को जित निकालेको हो। युनाईटेडको जितमा मार्कुश रासफोर्डले पहिलो हाफको आठौं मिनेटमा पेनाल्टीमा गोल गरे उक्त गोल नै निर्णायक साबित भएको हो। जितसंगै युनाईटेड ५ खेलबाट ८ अंक सहित तालिकाको चौथौ स्थानमा उक्लिएको छ। लेस्टर भने समान अंक भएपनि पाँचौ स्थानमा धकेलिएको छ।
चेल्सी विरुद्ध वुल्भ्स
लन्डन क्लब चेल्सीले वुल्भ्सलाई उसकै मैदानमा ५-२ को फराकिलो अन्तरले पराजित गरेको छ। युवा फरवार्ड टम्मी अब्राहमले ह्याट्रिक पुरा गरेपछि फराकिलो जित निकालेको हो। फिकायो टोमोरी र मासन माउन्टले समान १-१ गोल थपे। घरेलु टोलीका प्याट्रिक कटरोनले एक गोल गरे। एक आत्मघाती गोल उपहार पाएको थियो।
३१ औं मिनेटमा फिकायो टोमोरीले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए। ३४ औं मिनेटमा टम्मी अब्राहमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। ४१ औं मिनेटमा टम्मीले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३-० ले अघि बढाएका थिए। ५५ औं मिनेटमा टम्मीले गोल गर्दै ह्याट्रिक पुरा गरे। ६९ औं मिनेटमा टम्मीले आत्मघाती गोल गरेपछि खेल ४-१ को अवस्थामा पुगेको थियो। ८५ औं मिनेटमा वुल्भ्सका प्याट्रिकले गोल गर्दै गोल अन्तर ४-२ मा झारेको थियो। इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ५-२ को फराकिलो जित दिलाए। जितसँगै चेल्सी ५ खेलबाट ८ अंक जोडेर छैटौ स्थानमा रहेको छ। वुल्भ्स समान खेलबाट ३ अंकसहित १९ औं स्थानमा छ।
साउथह्याम्पटन विरुद्ध शेफिल्ड युनाइटेड
ब्रामाल लेनमा भएको खेलमा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाइ १-० ले पराजित गरेको छ। साउथह्याम्पटन जित दिलाउन एम जेनेपोले ६६ औ मिनेटमा गोल गरे। शेफिल्ड युनाइटेडका बेली शार्पले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। जितसँगै साउथह्याम्पटन ५ खेलबाट ७ अंक जोडेर दशौ स्थानमा रहेको छ। शेफिल्ड युनाइटेड समान खेलबाट ५ अंकसहित १४ औं स्थानमा छ।
म्यानचेस्टर सिटी बिरुद्ध नर्विच सिटी
इङलिश प्रिमियर लिग डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी नर्विच सिटीसँग स्तब्ध बनेको छ। सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विचसँग ३–२ ले स्तब्ध भएको हो।
क्यारो रोड नर्विचमा भएको खेलमा घरेलु टोलीले खेलको १८ औं मिनेटमा केन्नी म्यक्लिएनको गोलबाट अग्रता लिएको थियो। २८ औं मिनेटमा टोड क्यान्टेवलले गोल गर्दाै २-० को अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा अगुइरोले गोल गर्दै सिटीलाई २-१ को स्थितिमा ल्याएका थिए। दोस्रो हाफको ५० औ मिनेटमा टिम पुक्कीले गोल गर्दै घरेलु टोलीले ३-१ को अग्रता बनायो । ८८ औं मिनेटमा रोड्रिले गोल गरेपनि सिटीले २-३ को हार बेहोर्यो। हारपछि सिटी १० अंक जोडेर दोस्रो स्थानमा छ। सिटी शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि छ। दोस्रो जित निकालेको नर्विच ६ अंकसहति १२ औं स्थानमा छ।
त्यस्तैगरी बनर्ली र ब्राइटोनले १-१ ले बराबरी खेलेका छन। बराबरीपछी ५ खेलबाट बनर्ली ५ अंकसहित १३ औं स्थानमा हुदा समान अंकका साथ ब्राइटोन १५ औ स्थानमा छ।
आज हुने खेलहरु
आर्सनल बिरुद्ध वाटफोर्ड
एभर्टन बिरुद्ध बर्नेमाउथ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस