एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको छ।
आर्सनलका लागि पहिलो हाफमा नै पिएर एमरिक औबामियाङले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आर्सनलले दुई गोल खान पुग्यो।
आर्सनलका लागि २१ र ३२ औं मिनेटमा औबामियाङले गोल गरेका थिए। वाट्फोर्डका लागि ५३ औँ मिनेटमा टम क्लेभर्लीले गोल गर्दै टिमलाई खेलमा फर्काए।
यस्तै ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा रोबर्टो पेरेइराले गोल गर्दै वाट्फोर्डलाई बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र आर्सनल बराबरीमा रोकियो।
बराबरीपछि ५ खेलबाट ८ अंक जोडेको आर्सनल सातौ स्थानमा छ। पाँच खेलबाट दुई अंक जोडेको वाट्फोर्ड पुछारमा छ।
लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा बर्नमाउथले एभर्टनलाई ३-१ ले पराजित गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस