काठमाडौ-इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको बहुचर्चित पाँच टेस्टको एसेज सिरिज-२०१९ को संस्करण रोमान्चक २-२ को बराबरीमा सकिएको छ।पाँचौं तथा अन्तिम टेष्टमा आइतबार घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियालाई १३५ रनले पराजित गरेपछि पाँच खेलको सिरिज २-२ को बराबरीमा सकिएको हो।
द ओभल स्टेडियमा इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको अष्ट्रेलिया ७७ ओभरमा अलआउट हुँदै २६३ रनमा समेटिएको थियो। अष्ट्रेलियाका म्याथ्यु वेडले ११७ रनको शतकीय इनिङ्स खेलेपनि अष्ट्रेलियाले जित निकाल्न सकेन। अन्य ब्याट्सम्यानले
गतिलो योगदान गर्न सकेनन्।
अष्ट्रेलियालाई रोक्न ज्याक लिच र स्टुवार्ड ब्रोडले ४/४ विकेट लिए। जोय रुटले दुई विकेट लिए।
यसअघि पहिलो इनिङ्समा २९४ रन बनाएको इंग्ल्याण्डले दोस्रो इनिङ्समा अलआउट हुँदै ३२९ रन बनाएको थियो। अष्ट्रेलियाले पहिलो इनिङ्समा २२५ रन बनाएको थियो।
यी दुईबीचको पहिलो खेल अष्ट्रेलियाले जितेको थियो। दोस्रो टेष्ट ड्र भएको थियो। तेस्रो टेष्ट इंग्ल्याण्डले जितेको थियो र चौंथो टेष्ट अष्ट्रेलियाले जितेको थियो भने इंग्ल्याण्डले जितेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस