काठमान्डौ-नेपालको सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप-२०७६ राष्ट्रिय भलिबल प्रतियोगितामा आज उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।
फाइनल खेल नयाँ बसपार्कस्थित कान्तिपुर मल पछाडि ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा दिउँसो १:०० बजेपछि शुरु हुनेछ। आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन्। दुवै टोली अपराजित रहेर फाइनलमा पुगेका हुन्। पुलिस वर्षको तेस्रो उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ भने आर्मी वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।
प्रतियोगिता गत भदौ २४ बाट शुरु भएको हो, सो प्रतियोगितामा विभिन्न ८ टोलीले सहभािगता जनाएका छन। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएको थिए।
प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको विजेताले रु ५ लाख रुपैयाँ पाउनेछ। दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन। त्यस्तै गरेर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ। विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही रु १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस