काठमान्डौ-जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टिम कुवेतबिरुद्ध खेल्दैछ। नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ।
जोर्डनको राजधानी अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा कुवेतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ। यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको छ। प्रतियोगितामा कुवेतले पहिलो खेलमा श्रीलंकालाई २-० ले हराएको छ। पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्न लागेको हो । जसका लागि नेपालजित वा कम्तिमा बराबरीको नतिजा निकाल्ने योजनामा हुनेछ।
सुखद सुरुवात गरेको कुवेत लगातार दोस्रो जितको खोजीमा हुनेछ।
सन् २०२० मा आयोजना हुने च्याम्पियनसिप अन्तर्गत छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहिन रहदै पुछारमा रहेको छ। नेपालको समूहमा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन्।
नेपालले असोज ३ गते ताजकिस्तान र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ।
प्रतियोगिताको शीर्ष ११ टोलिले सिधै दोस्रो चरणमा स्थान बनाउदा उकृष्ट ५ देशले पनि दोस्रो चरणमा स्थान बनाउने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस