काठमाडौं-जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको छ। पहिलो खेलमा जोर्डनसंग ७-० को फराकिलो हार व्यहोरेको नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको छ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको पहिलो हाफ ०-० बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो। नेपालका लागि खेलको ७४ औं मिनेटमा दिपेश राईले ले गोल गर्दै नेपाललाई १-० अग्रता दिलाएका थिए। नेपालले नतिजा आफ्नोतर्फ पारिसकेको खेलमा इन्जुरी समयमा कुवेतका अब्दुलवाहब अलहिन्दिले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउदै हारबाट जोगाए।
यो बराबरीसंगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अंक भएको छ। यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो। कुवेतले २ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा कुवेतले श्रीलंकालाई २-० ले हराएको थियो। अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ।
प्रतियोगिताको प्रत्येक समुहको शीर्ष टोली र उकृष्ट ५ टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस