काठमाडौं-आयोजक देश आयरल्याण्ड, नेदरल्याण्ड र स्कटल्याण्ड बीच जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्डले नेदरल्याण्डलाई ५८ रनले पराजित गरेको छ।
आयरल्यान्डको डब्लिनस्थित द भिलेजमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २५२ रन बनायो। यो स्कटल्यान्डको टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर हो। स्कटल्यान्डको लागि उच्च स्कोर बनाउन जर्ज मुन्सेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे। उनले ५६ बलमा १२७ रनमा अविजित रहे। त्यस्तै, स्कटल्यान्डका लागि कप्तान काइल कोट्जरले ५० बलमा ८९ रन बनाए रिक्की बेरिंगटोनले १६ बलमा २२ बनाए भने माइकल लिस्क ० रनमा आउट भए। स्कटल्याण्डको लागि ओपनर जर्ज मुन्से र कायल कोट्जरले १५.१ ओभरमा २०० रनको ओपनिंग साझेदारी गरेका थिए। टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि यो तेश्रो ठुलो साझेदारी हो। यसै वर्ष अफगानिस्तानका ओपनर हजरतुल्लाह जजाइ र उस्मान घानिले आयरल्याण्ड बिरुद्ध सर्वाधिक २३६ रनको साझेदारी गरेका थिए। यस्तै गत वर्ष जिम्बाबे बिरुद्ध अस्ट्रेलियन ओपनर आरोन फिन्च र डारसी सार्टले २२३ रनको दोश्रो ठुलो साझेदारी गरेका थिए।
२५३ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९४ रन मात्रै बनाउन सक्यो। नेदरल्यान्ड्सको लागि कप्तान पिटर सिलरले अविजित ४९ बलमा ९६ रन बनाए। तोबिएस भिस्से ०, बेन कुपर १, म्याक्स ओ डोड १५, बास डी लिडी १९, स्कट इडवार्डस ३७, एन्टोनियास स्टाल ९, शेन स्नाटर १० र सी फ्लोएड २ रनमा अविजित रहे।
सिरिज अन्तर्गत पहिलो खेल आयरल्याण्ड र नेदरल्यान्ड्सको बर्षाले गर्दा स्थगित भएको थियो। तेश्रो टि-२० आयरल्याण्ड र स्कटल्याण्ड बीच मंगलबार हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस