काठमाडौ=संसारमा विश्व कप पछि सर्वाधिक हेरिने र रोमान्चित फुटबलको सर्वश्रेष्ठ क्लब प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९/२० फुटबलअन्तर्गत आज राति ८ वटा खेल हुँदैछन्। युरोपका विभिन्न देशबाट शीर्ष ३२ टोली च्याम्पियन्स लिगका लागि छनोट भएका हुन्।
सहभागी क्लब समूह चरणको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छन्। यस पटक साबिक बिजेता रियल म्याड्रिड, डिफेन्डिङ च्याम्पियन लिभरपुलसँगै बार्सिलोना, म्यानचेस्टर सिटी, जुभेन्टस, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। तर गतबर्षको झै यसपटक पनि अन्य क्लबलाई पनि आफूलाई दाबेदारको रुपमा खरो रुपमा प्रस्तुत हुनेछन्।
जम्मा आठ समूह मध्ये पसपाली समूह ‘एफ’ लाइ ग्रुप अफ डेथका रूपमा लिइएको छ। यस समुहमा स्पेनी महारथी बार्सिलोना, ईटालियन जाईन्ट इन्टर मिलान, जर्मन अन्डरडग बोरुसिया डर्टमुन्ड र स्लाभिया प्राग छन।
गत सिजनमा च्याम्पियन्स लिगमा धेरैखाले रोमाञ्चक नतिजा देख्न सकियो भने यो सिजन पनि च्याम्पियन्स लिगमा यस्तै खाले नतिजाको अपेक्षा समर्थकहरूले गरेका छन्।
यो साता हुने च्याम्पियन्स लिगकाे खेलतालिका
समूह एफ
इन्टर मिलान विरुद्ध स्लाभिया प्राग
बोरुसिया डर्टमुन्ड विरुद्ध बार्सिलोना
समूह जी
लियोन विरुद्ध जेनिट सेन्ट पिटर्सवर्ग
बेन्फिका विरुद्ध आर बी लेपजिग
समुह ई
नेपोली विरुद्ध लिभरपुल
साल्ज्बर्ग विरुद्ध जेन्क
समुह एच
चेल्सी विरुद्ध भ्यालेन्सिया
आयाक्स विरुद्ध लिस्क लिले
समुह ए
क्लब ब्रुगी विरुद्ध गालाटासारे
पीएसजी विरुद्ध रियल म्याड्रिड
समुह बी
ओलाम्पियाकोस विरुद्ध टोटेनहम
बायर्न म्युनिख विरुद्ध रेड स्टार बेलग्रेड
समूह सी
डायनामो जाग्रेब विरुद्ध एटलान्टा
शाख्तर डोनेस्क विरुद्ध म्यानचेस्टर सिटी
समूह डी
वायर लेभरकुसेन विरुद्ध लोकोमोटिभ मस्को
एटलेटिको म्याड्रिड विरुद्ध युभेन्टस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस