पोखरा– संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ। सशस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार तीन खेल भएका छन।
पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २-१ सेटमा पराजित भएको छ। मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र मिन प्रसाद गुरुङ लगायत सहभागी थिए।
निजामति कर्मचारीको तर्फबाट मुख्यमसचिव हरि प्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे मुख्यमन्त्री कार्यलायका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए।
त्यस्तै दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघले उद्योग बाणिज्य संघको टोलीलाई पराजित गरेको छ। २-० को सोझो सेटमा खेलकुद संघ विजयी भएको हो।
तेस्रो खेल पत्रकार र कर्मचारीविच भएको थियो। यो खेलमा पत्रकारको टोली २-० को सोझो सेटमा पराजित भयो। फाइनल खेल विहिबार पश्चिमाञ्चल खेलकुद संघ र निजामति कर्मचारी टिमवीच हुनेछ। यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाइ भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए। संविधान दिवसको अवसर पारेर प्रदेश सभाले विभिन्न कार्यक्रम गरिरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस