काठमाण्डौ-विश्व फुटबलको सर्बोच्च निकाय फिफाले जारि गरेको वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले वरीयतामा ५ स्थान सुधार गरेको छ। अघिल्लो महिना १६६ औं स्थानमा रहेको नेपाल ५ स्थान सुधार गर्दै १६१ औं स्थानमा पुगेको छ।
नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो अन्तरको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो। सोहि कारणले गर्दा ५ स्थान सुधार गरेको हो।
नेपालको समूहमा रहेको अष्ट्रेलिया दुई स्थान माथि चढ्दै ४४ औं स्थानमा पुगेको छ। जोर्डन एक स्थान उक्लँदै ९८ स्थानमा पुगेको छ। कुवेत वरीयतामा १५६ औं स्थानमा यथावत रहेको छ। ताइपेइ भने वरीयतामा ४ स्थान खस्कँदै १२९ औं स्थानमा पुगेको छ। नेपालले अर्को महिना हुने विश्वकप छनोटको खेलमा अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्दैछ।
दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत एक स्थान तल झर्दै १०४ औं स्थानमा छ। दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १५३ औं स्थानमा छ। नेपालपछि भुटान १८५ औं स्थानमा छ। बंगलादेश ५ स्थान खस्कँदै १८७ औं स्थानमा छ। श्रीलंका २०२ औं स्थानमा र पाकिस्तान २०३ औं स्थानमा रहेका छन्।
एसियाली शिर्ष १० वरियतामा इरान २३ औं, जापान ३१ औं, दक्षिण कोरिया ३७ औं, अष्ट्रेलिया ४४ औं, कतार ६२ औ, युएइ ६६ औ, चीन ६८ औ, साउदी अरेबिया ७० औ, इराक ८९ औ र ओमन ८४ औ स्थानमा छन्।
विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ। तेस्रो स्थानको फ्रान्सले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ। इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ। पोर्चुगल उरुग्वेलाई उछिन्दै पाँचौ स्थानमा पुगेको छ। दुइ स्थान सुधार गर्दै स्पेन सातौंमा, एक स्थान झर्दै क्रोएसिया आठौ र दुइ स्थान खस्कँदै कोलोम्बिया नवौ स्थानमा हुँदा अर्जेन्टिना दशौं स्थानमा यथावत छ।
अर्को फिफा वरीयता २४ अक्टोबर मा सार्वजनिक हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस