काठमाडौं-नेपालले दोस्रोपटक आयोजना गरेको तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको छ।
एपीएफको हलचोक मैदानमा भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससगँ १-१ को बराबरी खलेको छ। पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काएको हो।
पहिलो हाफको तेस्रो मिनेटमा नेपालका मनिष डाँगीले गोल गरेपनि अफसाइड भएको थियो। माल्दिभ्सले खेलको १४ औं मिनेटमा गोल गरेको थियो। नेपालका डिफेन्डर रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिमले गोल गरेका हुन्।
दोस्रो हाफमा थप आक्रामक बनेको नेपालका लागि ७६ औं मिनेटमा मनिष डाँगीले हेडिङ गोल गरेर नतिजा १-१ को बराबरीमा ल्याए।
अधिकाशं समय माल्दिभ्सलाई दबाबमा राख्दै बलमाथि पकड बनाएपनि नेपालले गोल गर्न असफल भएको थियो।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ। समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन्। समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन्।
यस अघिको दुवै संस्करणमा नेपाल च्याम्पियन भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस