काठमाडौं – तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले बराबरी खेलेको छ।
साविक विजेता समेत रहेको नेपालले शुक्रबार भएको उद्घाटन खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको हो।
एपीएफको हलचोक मैदानमा सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । नेपालको बराबरीमा मनिष डाँगी नायक बने।
कोरियाली एकेडमीमा हुर्किएका मनिषले खेलको ७५ औं मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाएका हुन् । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गरेका थिए । मनिषको यो नेपालका लागि डेब्यु खेलमा डेब्यु गोल समेत हो।
त्यसअघि खेलको १३ औं मिनेटमा माल्दिभ्सले गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए।
माल्दिभ्सविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा चुकेको थियो। जसको कारण नेपाल सहज जित निकाल्नबाट बन्चित भयो ।
पहिलो हाफको तेस्रो मिनेटमा मनिषले गरेको गोल अफसाइड हुँदा नेपालले अग्रता बनाउन चुकेको थियो। यस्तै बृजेश चौधरी, कप्तान जया गुरुङको केहि उत्कृष्ट प्रहार माल्दिभ्सका गोलकिपरले बचाउ गरेका थिए।
दोस्रो हाफमा भने नेपालले लगातार आक्रमण बुन्यो। तर, नेपालले एक गोल मात्र गर्न सफल भयो। नेपालको केहि उत्कृष्ट प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो। केहि प्रहारमा माल्दिभ्सका डिफेन्डर बाधक बनेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस