काठमाडौं-प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको मोसफलकै सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप-२०७६ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले नयाँ संस्करणको उपाधि पहिलोपटक जितेको हो।
आर्मीले पहिलो र दोस्रो दुवै सेट समान २५-२२ ले गुमाएको थियो। तेस्रोमा पनि पुलिसले २५-२२ ले जित्दै उपाधि जितेको हो।
सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए। सोमबार तेस्रो सेट चलिरहँदा पानी परेर स्थगित गरिएको फाइनल मंगलबार शुरु नै नभई स्थगित हुन पुगेको थियो।
त्यसअघि गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबले रु. पाँच लाख हात पारेको छ। उप विजेता आर्मीले ३ लाख हात पारेको छ।तेस्रो भएको गण्डकीले १ लाख रुपैयाँ तथा चौथो भएको एपीएफले ५० हजार रुपैयाँ हात पारेका छन।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस