काठमाण्डौ– डिफेन्डिङ स्पेनिस ला लिगा च्याम्पियन साविकको विजेता बार्सिलोना लिगको पाचौ राउण्डमा ग्रानाडासँग २-० स्तब्ध बनेको छ। बार्सिलोनालाई स्तब्ध बनाउन घरेलु टोलीका रामन अजिज र अल्भरो भाडिलोले गोल गरे। ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो। यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १-० ले पराजित भएको थियो।
ग्रानाडाको मैदानमा भएको खेलमा सम्हालिन नपाउदै घरेलु टोली ग्रानाडाले खेलको दोस्रो मिनेटमा रामन अजिजको गोलबाट खेलमा बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो। शुरुमै १-० ले पछि परेको बार्सिलोनाले त्यसपछि घरेलुलाई लगातार दवाव सिर्जना गरेपनि गोल गर्न असमर्थ रह्यो।
दोस्रो हाफको शुरुमा बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभेर्डेले स्टार खेलाडी लियोनेल मेस्सी र युवा स्टार खेलाडी अन्सु फातीलाई मैदानमा प्रवेश गराएपनि हार टार्न सकेन। ६६ औं मिनेटमा अल्भरो भाडिलोले पेनाल्टीमा गोल गर्दै ग्रानडाको अग्रता दोब्बर बनाए। ७३ प्रतिशत बल पोजेसन राखेपनि बार्सिलोनाले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा २-० ले खेल हर्न पुग्यो।
जितसँगै ग्रानाडा ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। ग्रानाडाको ५ खेलबाट १० अंक रहेको छ। एक खेल कम खेलेको सेभिल्लाको १० अंक नै रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा छ। पराजित बार्सिलोना ५ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा पुगेको छ।
भिल्लारियलविरुद्ध रियल भालोडिड
स्पेनिस ला लिगाको पाचौ राउण्डमा भिल्लारियलले रियल भालोडिड २-० ले पराजित गरेको छ। भिल्लारियललाइ जिताउन दोस्रो हाफको ७७ औ मिनेटमा सान्टि काजोर्ला र ८९ औ मिनेटमा ओन्टिभेरोसले गोल गरे।
जितपछि भिल्लारियल ५ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा पुगेको छ भने, पराजित भएर रियल भालोडिड समान खेलबाट ५ अंक जोडेर १३ औ स्थानमा पुगेको छ।
ला लिगाको अन्य खेलको नतिजाहरु
एट्लेटिको म्याड्रिड विरुद्ध सेल्टा डि भिगो (०-०)
ओसासुना विरुद्ध रियल बेटिस (०-०)
लेभान्टे विरुद्ध एइवर (०-०)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस