काठमाडौं-नेपालले दोस्रोपटक आयोजना गरेको तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिपमा आज आयोजक नेपाल र भुटान भिड्दै छन। समुह `ए´ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३:०० बजे सुरु हुनेछ। भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ।
समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १-१ गोलको बराबरी खेलेको छ।
समुह चरणमा माल्दिभ्स र नेपालको समान १/१ अंक छ।
भुटानलाई हराएको अवस्थामा नेपाल सेमिफाईनल पुग्नेछ। बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ।
नेपाल अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस