पोखरा-पाल्लाको बगनासकाली गाउँपालिका -५ तल्लो (राम्दी) कोलडाँडामा बिजयादशमीको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
सामाजिक काममा क्रियाशिल माउण्ट एभरेष्ट युवा क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारा सहित प्रतियोगिता आयोजना हुन लागेको हो।
स्थानिय अगुवा तथा खेल संयोजक बिष्णु राना मगर (सजल) ले सो प्रतियोगिता आगामी (असोज) १३ गते देखी तल्लोकोलडाँडा स्थित सहिद केवल गाहा खेल मैदानमा सञ्चालन हुने जानकारी दिए।
उनले प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३० हजार रुपैपा प्रदान गर्ने उनले बताए।
राना मगरका अनुसार उपबिजेता बन्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजारमा चित्त बु्झाउनेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजारमा प्राप्त गर्नेछ।
उनले टिम दर्ता फोन (९८६६६६४००४९, ८६७३९४०७६) मार्फत पनि गर्न सकिने बताउदै दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको बताए।
क्लबका अध्यक्ष दान बहादुर राना मगरले स्थानिय स्तरमा रहेको प्रतिभावन खेलाडीलाई उथ्थान गर्ने उद्देश्य सहित बिगत देखी नै प्रतियोगिताको आयोजना गर्दै आएको बताए । ‘यो प्रतियोािगतामा गाउँ ठाउँको कुना कन्दरामा रहेका खेलाडीलाई लक्षित गरेका छौ, उनले भने, ‘उदीयमान खेलाडीलाई थप स्पेस र अझ उर्जा मिल्नेछ।’
अध्यक्ष रानामगरले हिन्दु नेपालीहरुको चाड बिजयादशमीको शुभकामना समेत खेल मार्फत आदान प्रदान हुने बताउदै आपसी भाईचाराको सद्भाव कायम हुनेमा बिश्वास ब्यक्त गरे।
उनका अनुसार क्लबकै आयोजनामा पूर्णिमा (असोज २६ गते ) को दिन बिबिध साँस्कृतिक सन्ध्याको आयोजना समेत गरिनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस