काठमाडौं-नेपालले दोस्रोपटक आयोजना गरेको तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिपमा आज आयोजक नेपाललाइ पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खादैै पराजित भएको हो।
हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो। ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १-० ले पछि परेको थियो।
८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमा गोल गर्दै भुटानलाई २-० ले अघि बढाएका थिए। ९० नै मिनेटमा कर्मा सोनामले बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३-० को सहज जित दिलाए।
भुटानसंगको हार सँगै नेपालको सेमिफाइनलको संभावना झिनो सम्भावना रहेको छ। समूहको अन्तिम खेलमा मंगलबार भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढिको अन्तरले हराए नेपालको भाग्य चम्किँदै सेमिफाइनलमा पुग्ने छ। नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १-१ को बराबरीमा सकाएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस