काठमाण्डौ– फ्रेन्च लिग वान को डिफेन्डिङ च्याम्पियन पीएसजीले लिगको छैटो राउन्डमा ओलम्पिक लियोनलाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको छ। फरवार्ड नेयमारले गरेको गोलमा पीएसजीले लियोनलाई १-० ले हराएको हो।
अघिल्लो हप्ता स्टार्सवर्गविरुद्वको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा नेयमारले पीएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए। लगातार दोस्रो खेलमा समेत अन्तिम समयमा गोल गर्दै नेयमारले ओलम्पिक लियोनलाई स्तब्ध पारेका हुन्।
नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए। उनी टिममा फर्किएपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन्। उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ। सोही कारण रियल मड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन्।
जितससँगै अपराजित रहेको पीएसजीले ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित लियोन ८ अंकसहित नवौं स्थानमा छ।
पीएसजीले सातौ राउन्डमा तालिकाको दसौ स्थानको रेमिस संग खेल्दा ओलम्पिक लियोनले पन्ध्रौ स्थानको ब्रेस्ट संग खेल्नेछ।
फ्रेन्च लिग वान-२०१९ का अन्य खेलहरुको नतिजा
स्ट्रासबर्ग २-१ नान्टेस
ओलम्पिक मार्सेली १-१ मोन्टेपिलर
रेमिस ०-० मोनाको
मेत्ज १-२ एमिनेस एस सी
बोर्डूक्स २-२ ब्रेस्ट
निम्स १-० टुलुस
निश २-१ डिजोन
रेनेस १-१ लिले
एन्जर्स एस सी ओ ४-१ सेन्ट इटिन
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस