काठमान्डौ-स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगाको पाचौ चरणमा सेभिल्लालाई पराजित गरेको छ। रियलले सेभिल्लालाई उसकै मैदानमा १० ले पराजित गरेको छ। म्याड्रिडका लागि फरवार्ड करिम बेन्जेमाको निर्णायक गोल गरेका हुन्।
सेभिल्लामा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ ०-० को बराबरीमा सकिएपनि रियलले दोस्रो हाफमा गोल गरेको थियो। ६४ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियाललाई खेलमा १-० को अग्रता दिलाए।
जितसँगै रियाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानका एथ्लेटिको बिल्वाओसँग समान ११ अंक रहेपनि रियल गोल अन्तरमा दोस्रो स्थानमा रहेको हो। सेभिल्ला १० अंकसहित पाँचौ स्थानमा छ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोना ला लिगामा बढुवा भएको टोली ग्रानडासँग २-० ले पराजित भएको छ। हार संगै बार्सिलोना आठौ स्थानमा पुगेको छ।
ला लिगाको पाचौ चरणका अन्य खेलको नतिजा
एथलेटिको म्याड्रिड विरुद्ध सेल्टा डे भिगो (०-०)
भिल्लारियल रियल विरुद्ध भालोडिड (२-०)
गेटाफे विरुद्ध मालोर्का (४-२)
रियल सोसिडाड विरुद्ध स्पान्योल विरुद्ध (३-१)
एथ्लेटिको बिल्वाओ विरुद्ध डिर्पाेटिभो अलाभेस (२-०)
भ्यालेन्सिया विरुद्ध लेगानेस (१-१)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस