काठमाडौ-स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उनले २०१९ को फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन ।
सोमबार राति इटालीको मिलानमा फिफाद्वारा आयोजित अवार्ड घोषणा सभामा मेस्सीलाई ‘बेस्ट फिफा प्लेयर अफ् द इयर’ घोषणा गरिएको हाे । यो अवार्डसँगै मेस्सीले आफ्नो करिअरमा नयाँ इतिहास रचेका छन् ।
यसअघि सो अवार्ड पोर्चुगलका रोनाल्डो र मेस्सीले समान ५/५ पटक जितेका थिए । तर, अब मेस्सीले रोनाल्डोलाई पछि छाड्दै सर्वाधिक धेरै फिफा बेस्ट अवार्ड जित्ने कीर्तिमान आफ्नो नाममा बनाए । मेस्सीले यो अवार्ड यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा जितेका थिए ।
यसपटक पटक इंग्लिस क्लब लिभरपुल तथा डच डिफेन्डर भर्जिल भान डाइकलाई दोस्रो भए भने इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका रोनाल्डोलाई तेस्रो भए ।
तीनै जना खेलाडी यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) को उत्कृष्ट वर्ष खेलाडीको पनि मनोनयनमा परेका थिए । यूईएफएको उत्कृष्ट अवार्ड भने भाइ डाइकले जितेका थिए ।
यो अवार्डमा मेस्सी र रोनाल्डोको अधिपत्यलाई तोड्दै गएको वर्ष लुका मोड्रिचले जितेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस