काठमाण्डौ-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘द बेष्ट’ को अवार्ड गए राति इटालीको मिलान सहरमा भब्य समारोहका बिच सबै विधाका उकृष्टलाई ‘द बेष्ट-२०१९’ अवार्ड प्रदान गरिएको छ।
फिफा वर्ष पुरुष खेलाडी : लियोनल मेस्सी (अर्जेन्टिना/बार्सिलोना)
अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बनेका छन्। सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड जितेका छन। अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड तथा लिभरपुलका भर्जिल भान डाइकलाई पछि बनाएका हुन्।
फिफा वर्ष महिला खेलाडी : मेगान रापिनोई (अमेरिका/रेजन एफ सी)
महिलातर्फको वर्ष खेलाडी अवार्ड मेगान रापिनोईले जितिन्। उनले अमेरिकालाई २०१९ को महिला विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन। उनले आफ्नै देशकी एलेक्स मोर्गान र फ्रान्स कि लुसी ब्रोञ्जलाइ पछि परेकी हुन्।
फिफा वर्ष गोलरक्षक : एलिसन बेकर (लिभरपुल/ ब्राजिल)
सन् २०१८ मा उत्कृष्ट गोलकिपर घोषित हुँदै ब्राजिलियन तथा लिभरपुलका एलिसन बेकरले फिफा वर्ष खेलाडी अवार्ड जितेका हुन्। गोलकिपर एलिसनले ब्रजिलाइ २०१९ को कोपा अमेरिका उपाधि जिताउनु र गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए। उनले आफ्नै देशका एन्डरसन र जर्मनीका मार्क आन्द्रे टेर स्टेगनलाइ पछि परेका हुन्।
फिफा वर्ष महिला गोलकिपर : सारी भान भिनेनडल (नेदरल्याण्ड/एट्लेटिको मड्रिड)
फिफा वर्ष महिला गोलकिपरअवार्ड एट्लेटिको मड्रिडकी गोलकिपर सारी भान भिनेनडलले जितिन्। भिनेनडलले नेदरल्याण्डलाइ २०१९ को महिला विश्वकपको फाइनलमा पुर्याउन र युरो कपको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन।
फिफा वर्ष पुरुष प्रशिक्षक : जोर्गेन क्लोप (लिभरपुल/जर्मनी)
लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप फिफा वर्ष पुरुष प्रशिक्षक बनेका छन्। क्लोपले गत सिजन च्याम्पियन्स लिग जिताएका थिए। वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा क्लोपसहित पेप ग्वार्डीवाला र माैरिसियो पोचेटिनो रहेका थिए।
फिफा वर्ष महिला प्रशिक्षक : जिल एलिस (अमेरिका)
महिलातर्फको अवार्ड जिल एलिसले जितिन्। एलिसले अमेरिकालाई २०१९ को महिला विश्वकप जिताउन योगदान गरेकी थिइन। उनले नेदरल्याण्डकि सरिना विगम्यान र इंग्ल्यान्डका फिल नेभिले लाइ पछि पारेकी थिइन।
फिफा पुस्कास अवार्ड : डानियल जेसोरी (हंगेरी)
यस वर्षको उत्कृष्ट गोल घोषित हुँदै हंगेरीका डानियल जेसोरी पुस्कास अवार्ड जितेका छन्। डानियलले नेम्जीटि बाजनोकसाग डिभिजनमा डेबेसेअन का लागि फेरेनभारोस विरुद्ध गोलले पुस्कास अवार्ड जितेका हुन्। पुस्कास अवार्ड जित्ने क्रममा डानियलले लियोनल मेस्सी र जुवानफर क्विन्टेरोलाई पछि पारे।
फिफा फ्यान अवार्ड : सिल्भिया ग्रेको
फिफा फेयर प्ले अवार्ड : मार्सेलो बिस्ला (लिड्स युनाइटेड)
लिड्स युनाइटेड र एस्टन भिल्ला बिच भएको खेलमा बिपक्षी खेलाडी घाइते भएको अवस्थामा लिड्स युनाइटेडले गोल गरेपछि एस्टन भिल्लालाई गोल गर्न दिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस