पोखरा-कास्कीको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नदीपुरमा आयोजना गर्ने तेस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरब’ भन्ने नाराका साथ आगामी ८ देखी ११ गते सम्म पोखराको नदिपुर स्थित छन्त्याल समाजको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो।
प्रतियोगिताको खेल संयोजक अनिल गुरुङले पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ प्रदान गरिने बताए। उनका अनुसार उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३३ हजार ५ सय ५५ प्राप्त गर्नेछ।
त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिने बताए।
उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद प्राप्त गर्नेछ।
संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा (उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, क्वीकर, सर्भर, डिफेण्डर र उदीयमान खेलाडी) पुरस्कृत गरिने जानकारी दिदै पुरुष तर्फ दर्ता शुल्क रु ४ हजार ५ सय र महिला तर्फ २ हजार ५ सय तथा भेट्रान्स तर्फ ३ हजार निर्धारण गरिएको बताए।
पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षण केन्द्रका अध्यक्ष मनोज खड्काले उक्त प्रतियोगिताबाट टिकट तर्फ संकलित शत प्रतिशत रकम मृगौला पिडित सुरज गुरुङलाई मुगौला प्रत्यारोपणका लािग सहयोग गरिने बताउदै पहिलो दिनको टिकट दर ५० र समापन समारोह (फाईनल खेल) मा १०० रुपैया निर्धारण गरिएको बताए।
लम्जुङ बेशीशहर घर भई हाल पोखरा १२ निवासी मृगौला पिडित गुरुङको उपचार ललितपुर स्थित किष्ट मेडिकल टिचिङ अस्पतालमा भैरहेको अध्यक्ष खड्काले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस