काठमाडौँ- अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको गरिमा बढाएको क्रिकेटको घरेलु व्यवस्थापन एक दशकयता विवादमा छ। समयमा निर्वाचन नगरेको लगायत कारण देखाएर राष्ट्रिय खेलकुद परिषद्-राखेपका तत्कालीन सदस्यसचिव युवराज लामाले विनयराज पान्डे नेतृत्वको नेपाल क्रिकेट संघ-क्यान कार्यसमितिलाई बर्खास्त गरेका थिए।
पाण्डे नेतृत्वको क्यान समिति घरेलु क्रिकेट र खेलाडीको विकासमा संवेदनशील नभएको आरोप स्वयं खेलाडीहरुबाट लाग्दै आएको थियो। लामाले तत्कालीन नेकपा माओवादीका नेता टंक आङबुहाङको संयोजकत्वमा तदर्थ समिति बनाए।
पछि क्यानको इतिहासमा पहिलोपटक निर्वाचनबाट केन्द्रीय कार्यसमिति चुनियो। आङबुहाङ निर्वाचित अध्यक्ष भए। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्रचारको मुद्धा चलाएपछि आङबुहाङलगायत धेरै पदाधिकारीहरु निलम्बित भए।
उनीहरुले मुद्धाबाट सफाइ पाउँदै गर्दा क्यानको नयाँ निर्वाचन मिति नजिकिँदो थियो। निर्वाचनमा पुन उठ्ने तयारी गरेका आङबुहाङले आफ्नो पल्ला कमजोर हुने देखेपछि निर्वाचन विवाद सुरु भएको थियो। उनले आफूलाई जानकारी नगराई तथा आफ्नो अनुपस्थितिमा निर्वाचनको मिति तोकिएको भन्दै निर्वाचन रोक्न राखेपमा निवेदन दिए।
तर निर्वाचन रोकिएन। राखेपका केही पदाधिकारी पनि निर्वाचनमा उपस्थित थिए। त्यसपछि राखेपका तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले निर्वाचित समितिलाई बर्खास्त गरी रमेश सिलवालको संयोजकत्वमा तदर्थ समिति गठन गरेका थिए।
स्वतन्त्र समितिले शुक्रबार र शनिबार क्यानको विषेश साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दै छ। ३९ जिल्ला सदस्य र ७ वटा प्रदेशका प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। क्यानको नयाँ अध्यक्षका लागि पूर्व अध्यक्ष विनयराज पान्डे र चतुरबहादुर चन्दले उमेद्वारी दिने तयारी गरेका छन्। निर्वाचन सम्पन्न भएपछि आइसिसीले सदस्यता निलम्बन फुकुवा गर्ने वचन दिइसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस