पोखरा-पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको अन्तिम चारमा आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज प्रबेश गरेको छ ।
छन्त्याल समाजको खेलमैदानमा बिहिबार सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा आयोजक रातोले २५–२०, २३–२५ र २५–१२ को सेटले भुपु गाईजलाई पराजित अन्तिम चारमा प्रबेश गर्याे । दोस्रो क्वाटरफाईनल खेलमा सहारा क्लब बाग्लुङले २५–११ र २५–१९ को सोझो सेटले आयोजक पहेलोलाई पाखा लगाउदै सेफिाईनलको यात्रा तय गर्याे ।
तेस्रो खेलमा पर्बत भलिबल सँघले २५–२१ र २५–२० को सोझो सेटले छन्त्याल युवा क्लब म्याग्दी चोकलाई हराउदै अन्तिम चारमा आयोजक रातोसँगको भेट पक्का गर्याे ।
त्यस्तै अन्तिम क्वाटरफाईनल खेलमा मार्बल ईन्टरप्राईजेज बिरौटाले २५–१४ र २५–२१ को सोझो सेटले पाखा लगायतदै सेमिफाईनलमा सहारा क्लबको निम्तो पायो ।
प्रतियोगिता संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनिल गुरुङले शुक्रबार महिला तथा भेट्रान्स तर्फको खेल सञ्चालन गरिने बताउदै पुरुषतर्फको सेमिफाईनल खेल शनिबार खेलाईने बताए । उनका अुनसार प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिनेछ ।
त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ भने महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिने उनले बताए ।
गुरुङका अनुसार भेट्रान्स तर्फको बिजेता र उपबिजेता बन्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खसी प्राप्त गर्नेछ ।
संयोजक गुरुङले प्रतियोगितामा बिद्यागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउदै प्रतियोगिता अवधिभर बिबिध साँस्कृतिक कार्यक्रमहरु समेत समाबेश गरिएको जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस