काठमाडौं-नेपालले आयोजना गरेको तेस्रो साफ यू-१८ च्याम्पियनसिपका उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्। दुवै टोलीले पहिलोपल्ट उपाधि जित्न आतुर छन्। सेमिफाइनल खेलमा दुवै टोलीले समान ४-० को जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। बंगलादेशले भुटानलाई र भारतले माल्दिभ्सलाई पराजित गरेका छन्।
पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४-० ले पराजित गरेको थियो। पहिलो हाफमा ३ गोल गरेको बंगलादेशले दोस्रो हाफको इन्ज्युरी समयमा १ गोल थप्दै सहज जित दर्ता गरेको छ।
दोस्रो सेमिफाइनलमा भारतले खेलको ७ औ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेपछि भारतले पहिलो हाफमा अग्रता २-० पारेको थियो। दोस्रो हाफको ७९ औं मिनेटमा भारतले ३-० को अग्रता लियो। ८२ मिनेटमै भारतले थप अर्को गोल गर्दै ४-० बनायो र फाइनलमा बंगलादेश भेट पक्का गर्यो।
आइतबार हुने फाइनलमा समूह बी बाट नै आएका दुई टोली भारत र बंगलादेशबीच उपाधिका लागि खेल्नेछन्। समूह चरणमा यी दुईको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आइतबार हुने तेस्रो स्थानका लागि भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस