काठमाण्डौ-सिंगापुमा सुरु भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेपाल जिम्बाबेसँग पराजित भएको छ। नेपाल जिम्बाबे संग ५ विकेटले पराजित भएको हो।
इण्डियन एशोसियसन मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन जोडे भने अन्यले खासै गतिलो प्रदर्शन गर्न सकेनन। ओपनिङ ब्याट्सम्यान पारस खड्काले १८ र राष्ट्रिय टोलीबाट डेब्यु गरेका इसान पाण्डेले ४ रन जोडे। सन्दिप जोरा १७, आरिफ शेख ८ र कुशल मल्ल २ रन जोड्दा पवेलियन फर्के। सोमपाल कामी २५ र विनोद भण्डारी ११ रनमा नटआउट रहे। नेपालललाई सस्तैमा समेट्न जिम्बावेका लागि कप्तान सिन विलियम्सले २ विकेट लिए। त्यस्तै राएन बुरी, नेभिले माद्जिभा,तेन्दाई चतरा र वेलिन्टोन मासाकाजादाले सम्मान १ विकेट लिए।
नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य जिम्बावेले १८ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो। जिम्बावेका ओपनर ब्रायन चरी १९, रेगिस चाकभा ०, टीनोटेन्दा मुतोम्बोज्दि ०, कप्तान सिन विलियम्स ० रन बनाउदा रिचमन्ड मुतुम्बामी र रायन बुरीले ६९ रनको साझेदारी गरेपछि जिम्बावेले जित निकाल्न सफल भएको हो। रिचमन्ड मुतुम्बामी ४० र रायन बुरी ४१ रनमा नटआउट रहे। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३ विकेट लिए। पारस खड्काले एक विकेट लिए। एकजना ब्याट्सम्यानलाइ दिपेन्द्र सिंह ऐरीले रनआउट गरे।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा एक टोलीले प्रत्येक दुइ टोलीसंग २/२ खेल गरि ४ खेल खेल्नेछन्। दोस्रो खेलमा नेपालले भोली आयोजक देश सिंगापुरसंग खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस