काठमान्डौ-सिंगापुर क्रिकेट एसोसिएसनले आयोजाना गरेको जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालमा आज आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक रहेको छ। यस्तै नेपाल सिंगापुरसँग दुई महिनाअघि सिंगापुरमै भएको आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ। एसिया छनोटमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको थियो। जसको कारण नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो।
सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो। सिंगापुर पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा प्रत्येक देशले एक अर्का संग २/२ खेल गरेर ४ वटा खेल खेल्नेछन। सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ। यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ। सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस