काठमाडाैं-नेपाल क्रिकेट संघ (क्यान)को नयाँ विधानअनुसार भएको निर्वाचनबाट चतुरबहादुर चन्दले क्लिनस्वीप गरेका छन्।
यसअघि निर्वाचित क्यानका अध्यक्ष चन्दले ५९ मतमध्ये ४४ मत ल्याएका छन् भने विनयराज पाण्डेले १५ मत ल्याए।
‘यो अपेक्षाकृत मत हो। मैले विनय दाई उठ्नुभयो भने ४२ माथि अरु भयो भने ५० माथि मत आउँछ भनेको थिए। त्यहीअनुसार मत आएको छ,’ निर्वाचित अध्यक्ष चन्दले भने, ‘अब चुनौति छ तर हामी मिलाएर अघि बढछौं।’
चन्द समूहका राजबाबु श्रेष्ठ उपाध्यक्ष, अशोकनाथ प्याकुरेल सचिवमा र रोशनकुमार सिंह कोषाध्यक्षमा निर्वाचित भएका छन्।
शनिबार नक्सालको मेरियट होटलमा भएको चुनावमा चन्द पक्षका राजबाबु श्रेष्ठले ४० मत ल्याए भने पाण्डे समूहका मिङ्मा डण्डु शेर्पाको १७ मत ल्याए। सचिवमा चन्द समूहका अशोकनाथ प्याकुरेलको ४३ मत ल्याए भने उनका प्रत्यासी विनोदकुमार मैनालीले १५ मत ल्याए। त्यस्तै कोषाध्यक्षमा चन्द समूहकै रोशनकुमार सिंहको ४५ मत ल्याए भने पाण्डे समूहका उपेन्द्र भट्टराईको १२ मत ल्याए।
यसअघि प्रदेश २ को दाउद अन्सारी, प्रदेश ४ को ऋषि गौतम, प्रदेश ५ को प्रशन्तविक्रम मल्ल, प्रदेश ६ को पदम खड्का र प्रदेश ७ को विक्रम बिष्ट र महिलातर्फ जयन्ती भट्ट निर्विरोध निर्वार्चित भएका थिए।
खुला सदस्यमा चन्द समूहकै दुर्गाराज पाठकले सबैभन्दा धेरै ४२ मत ल्याए। विरेन्द्रवहादुर चन्दले ३६, माधवकुमार कर्माचार्यले ३५, सञ्जयराज सिंहले ३४, र करण महोत्रा क्षेत्रीले ३० मत ल्याएर निर्वाचित भए।
पराजित धिरेन्द्र साउदले २८, जगतबहादुर टमटाले १५, नरेश राणाले १७, पवनकुमार अग्रवालले २०, प्रफुल्ल बैद्यले १६ मत ल्याए।
प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमितवीर पाण्डे निर्वाचित भएका छन्। कैलाशले ३७ मत ल्याए भने उनका प्रत्यासी लाक्पा लामाले २१ मत ल्याए। प्रदेश ३ मा अमितवीरले ३९ मत ल्याए। प्रत्यासी कैलाश प्रधानले १९ मत ल्याए। प्रदेशका उम्मेदवारलाई पनि ५९ जनै प्रतिनिधिले मतदान गरेका थिए।
–
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस