काठमाडौ-नेपालले आयोजना गरेको तेस्रो साफ यू-१८ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता २०१९ को सस्करणमा भारतले पहिलो पटक उपाधि जितेको छ। फाइनलमा भारतले बंगलादेशलाई २-१ गोलले पराजित गरेको छ।
एपीएफस्थित हल्चोक रंगशालामा भएको खेलमा भारतले दोस्रो मिनेटमा विक्रम प्रताप सिंहको गोलबाट १-० को अग्रता बनाएको थियो। खेलको २३ औं मिनेटमा दुवै टोलीका १-१ खेलाडीले रातो कार्ड पाए। भारतका गोलकर्ता विक्रमलाई मैदानको मध्यभागमा फल गरेपछि दुवै टोलीका खेलाडी एकआपसमा भनाभनमा उत्रिएका थिए। त्यसक्रममा एक अर्कामाथि हातपात गर्न खोजेका बंगलादेशका मोहमद ऋदय र भारत का गुरकिरत सिंहलाई रातो कार्ड पाएका हुन। ४० औं मिनेटमा बंगलादेशका कप्तान यासिन अराफातले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। गोल गरेपछि खुसियाली मनाउने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका थिए।
दोस्रो हाफमा ९ खेलाडी सिमित रहेको बंगलादेशले भारतलाई कडा टक्कर दिएको थियो। खेलको अन्तिम मिनेटमा रवी बहादुर रानाले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएपछि भारतले २-१ ले खेल जितेको हो। च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो। तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले हराएको छ। यसअघिको दुई संस्करण नेपालले जितेको थियो। यसपटक नेपाल समुह चरणबाट अघि बढ्न सकेन।
सर्वाधिक गोलकर्ता : फैसल अहमेद फाहिम (बंगलादेश)
सर्वोकृष्ट खेलाडी : मीतेइ निन्थोइङबा (भारत)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस