काठमान्डौ-कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ का लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
नेपालले एसियाली क्षेत्रको दोस्रो छनोट चरण अन्तर्गत समूह चरणको तेस्रो खेलमा बलियो अष्ट्रेलियाको सामना गर्दैछ। असोज २३ गते हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीमा पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन भएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्नेछ। टोलीले एक साता सिड्नीमा प्रशिक्षण हुनेछ। खेलको दुई दिनअघि मात्र टोली खेलस्थल क्यानवेरा प्रस्थान गर्नेछ। अन्तिम अवे खेलमा असोज २८ गते जोर्डनको सामना गर्नेछ। टोली अष्ट्रेलियाबाट नै जोर्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार बेहोरेपछि दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको थियो। नेपालले यी दुइ खेलपछि छनोटमा बाँकी रहेका चारै खेल घरेलु मैदानमा खेल्नेछ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली :
गोलकिपर : किरण चेम्जोङ (कप्तान),विशाल श्रेष्ठ,विकेश कुथु,
डिफेन्डर : दिनेश राजवंशी, सरोज दाहाल, सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ र रजिन धिमाल
मिडफिल्डर : अन्जन विष्ट, रोहित चन्द, सुनिल बल, विशाल राई, रवि पासवान, सुजल श्रेष्ठ, हेमन गुरुङ, तेज तामाङ, सन्तोष तामाङ र विक्रम लामा
फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल
प्रशिक्षक : योहान कालिन
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस