काठमान्डौ-त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल र आयोजक टोली सिंगापुरबीचको खेल रद्द भएको छ। निरन्तर वर्षाको कारण खेल टस समेत नभई रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १-१ अंक बाडेका छन्। योसँगै नेपालको सिंगापुरमा त्रिकोणात्मक सिरिज सकिएको छ।
सिरिजमा नेपालले जिम्बावेसँग दुई खेल हारेको थियो। सिंगापुरलाई भने हराएको थियो। पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन पुग्यो। डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छ।
अक्टोबर १८ देखि नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि-२० विश्वकप छनोट अघि तयारी स्वरुप सिंगापुरले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो। नेपाल सिंगापुरबाटै ओमान जाने छ। ओमानमा असोज १८ देखी २३ सम्म पाँच राष्ट्र सम्मिलित टि-२० सिरिज खेल्ने छ। नेपालले ओमानमा आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस