काठमाडौं – गैरआवसीय नेपाल संघ एनआरएनएले गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठान विकास गर्ने भएको छ । काठमाडौं शुक्रबार पत्रकार सम्मेलन गर्दै संघको युवा तथा खेलकुद समितिले खेलकुद प्रतिष्ठानको विकास गर्न लागेको जानकारी गराएको हो ।
संघको आयामलाई फराकिलो बनाउन र खेलकुदसंग पहिलो र दोस्रो पुस्ताका गैरआवासीय नेपाललाई जोड्न प्रतिष्ठान गर्न लागिएको जानकारी गराईएको छ ।
गैरआवसीय नेपालीले हासिल गरेको ज्ञान र सिपलाई नेपाल भित्राउन तथा खेल क्षेत्रमा उत्कृष्टता हासिल गरेको खेलाडी तथा प्रशिक्षकलाई नेपाली खेलक्षेत्रमा अवसर दिलाउने उद्वेश्य प्रतिष्ठानले राखेको छ ।
संघको अन्तराष्ट्रिय समन्व्य परिषदको मातहत एक जना संयोजक र एक जना सदस्य सचिव र संसारभरका सदस्य रहने गरि अन्तराष्ट्रिय समन्वय समितिले प्रतिष्ठानलाई सञ्चालन गर्नेछ ।
काठमाडौंमा गतिविधि व्यवस्थित गर्न सात सदस्यीय सचिवालय समेत रहने प्रतिष्ठानले जानकारी गराएको छ ।
संघका केन्द्रिय अध्यक्ष भवान भट्टले एनआरएनले खेलकुदलाई समेत बिशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै आठौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको हैसियतमा संघको उपस्थितीले त्यसलाई पुष्टि गरेको बताए ।
पत्रकार सम्मेलनमा संघको नवौंं साधारण सभा तथा विश्व सम्मेलनका अवसरमा प्रतिष्ठानले विभिन्न ५ कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराईएको छ । सो अवसर वाकाथन, स्पोर्टस मिट, फुटसल, गल्फ र चित्र प्रर्दशनी कार्यक्रम राखिएको प्रतिष्ठानले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस