काठमाडौं – नेपालमा युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक आईसीसीको टी-ट्वान्टी क्रिकेटको वरियतामा अटाएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा सन्दीपसँगै करण केसी र अविनाश बोहरा पनि पहिलोपटक अटाएका छन् ।
यसअघि नेपालका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी पर्दै आएका थिए ।आईसीसीले अपडेट गरेको नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । टी-ट्वान्टीको अलराउण्डर वरियतातर्फ कप्तान पारस २४ औं स्थानमा उक्लिएका छन् । कप्तान पारसले १०८ रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।
ब्याटिङतर्फ कप्तान पारसले ठुलो फड्को मारेका छन् । कप्तान पारस ४५ औं स्थानमा उक्लिएका छन् । पारसले दुई साता अघि सिंगापुरमा भएको त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टिमविरुद्धको कीर्तिमानी शतक प्रहार गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस