काठमाडाैं-१३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका नेपाली कराँते खेलाडी उत्साहित बनेका छन्। लामो समयदेखि सागको तयारीमा रहेका खेलाडी विदेशी प्रशिक्षकको प्रशिक्षणले थप उत्साहित बनेका हुन्।
खेलाडीलाई मलेसियाका प्रशिक्षकले एक साता प्रशिक्षण दिएका थिए। एसियन कराँते टेक्निकल कमिटीका संयोजकसमेत रहेका मलेसियाका प्याट्रिक लिमले नेपालको साग कराँते टोलीलाई प्रशिक्षण दिएका थिए। लिम काताका विशेषज्ञ हुन्।
नेपाली खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजानुभन्दा विदेशका राम्रा प्रशिक्षक झिकाएर नेपाल कराँते महासंघले खेलाडीलाई प्रशिक्षण दिएको हो।
सागका लागि कराँतेमा दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीको बन्द प्रशिक्षण ललितपुरको सातदोबाटोस्थित कराँते एकेडेमीमा भइरहेको छ।
नेपाल कराँते महासंघले कातामा दुई वैकल्पिकसहित १२ र फाइटमा २२ खेलाडी छनोट गरेको छ। जसमा एकल कातामा महिला र पुरुषमा समान एक एक तथा टिम कातामा महिला र पुरुषमा समान तीन तीन जना खेलाडी छनोट गरिएको छ। फाइटमा महिलामा १० र पुरुषमा १२ खेलाडीले सागमा प्रतिस्पर्धा गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस