काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफुले इमान्दारीपूर्वक कप्तानको जिम्मेवारी पुरा गरेको बताएका छन् ।
कप्तानबाट राजिनामा दिएपछि एक कार्यक्रममा बोल्दै कप्तान पारसले आफुले आफ्नो कप्तानीको कार्यकाल इमान्दार भएर पुरा गरेको बताएका हुन् ।
‘मलाई क्रिकेट संघले जुन जिम्मेवारी दिनुभयो । मैले त्यो जिम्मेवारी जति सक्दो इमान्दारीपूर्वक पुरा गर्ने कोशिस गरे,’ पारसले भने ।
सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारसले सन् २००९ बाट कप्तानी सम्हालेका थिए । तर, पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै १० वर्षे कप्तानी यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए ।
यस्तै पारसले अबको कप्तानी छनोटको जिम्मा संघका पदाधिकारीले गर्ने बताए ।
‘अबको कप्तान को बन्छ भन्नेमा मेरो निर्णय हुँदैन । मलाई पनि पहिले भनिएको थिएन्,’ पारसले भने, ‘अबको कप्तान छनोट क्रिकेट पदाधिकारीले गर्नु हुनेछ । जो कप्तान आएपनि नेपाल क्रिकेटको जित हुनुपर्छ ।’
यस्तै पारसले अब आफु पुनः कप्तानीमा नफर्कने बताए ।
‘फेरि पनि मलाई कप्तानको जिम्मेवारी लिन आग्रह आयो भने त्यो स्वीकार हुनेछैन। म कप्तानका रुपमा फर्कन्नँ,’ उनले भने, ‘खेलाडीको रुपमा भने छानिएँ भने योगदान गर्न तयार छु। आजकै दिनबाट मेरो कप्तानको यात्रा सकिएको छ।’
पारसले आफ्नो कप्तानीले मात्र नेपाली क्रिकेट यहाँसम्म नआएको बताए ।
‘म कप्तान भएर नेपाली क्रिकेट यहाँ आइपुगेको होइन। म कप्तानीबाट हट्दैमा नेपाली क्रिकेट खत्तम हुन्छ भन्ने पनि छैन। क्रिकेट भनेको हामी सबैको हो,’ पारसले थपे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस