पोखरामा सम्पन्न अन्र्तराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगितामा एपीएफको टोली च्याम्पियन बनेको छ ।
पोखरा उद्योग वाणिज्य सघँ, पश्चिमाञ्चल होटल सघँ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए) को संयुक्त आयोजनामा बुधबार सम्पन्न उक्त प्रतियोगिताबाट २६ टोलीलाई पछि पार्दै विभागिय टोली एपीएफ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको सन्तोष बिक्रम बिष्ट, गणेश झाँक्री र ईन्द्रकलाको संयुक्त टोलीले निर्धारित दुरी ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पुरा गरेको थियो । त्यस्तै दोस्रो बनेको गुरिल्ला टिम (दामोदर बुढा मगर, दुर्गाराज बुढा र रसिला तामाङ) ले ४ घण्टा १८ मिनेटमा दुरी पार गरे भने तेस्रो चिनिया टिम बन्यो । चिनिया टिम (चेङ, प्याङ र लेईयुजुन) ले ४ घण्टा २४ मिनेटमा दुरी पार गरेको थियो भने सान्त्वना स्थान अन्नपूर्ण टिमले हासिल गर्याे । अन्नपूर्ण (जीवन लामा, सौरभ राई र प्रतिभा श्रेष्ठ) ले ४ घण्टा ५६ मिनेटमा ४२ किमिको दुरी पार गरे । उनीहरुले ट्रफी र मेडल प्राप्त गरे भने चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा समेत भाग लिन मौका पाए ।
त्यस्तै चीनका ज्याङ जीले ३ घण्टा ३७ मिनेट २७ सेकेण्डमा निर्धारित ४० किमी पार गर्दै व्यक्तिगत तर्फको उपाधि जिते । सोही देशकै छ्याङथिउफिले ३ घण्टा ५० मिनेट १२ सेकेण्डमा पार गर्दै दोस्रो बने भने झ्याओ गौन ओले ४ घण्टा १ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बनेका थिए । सो दौड प्रतियोगितामा बिभिन्न मुलुकका १०५ धावकको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस