सहिद थमन परियारको स्मृतिमा पोखरा महानगरपालिका २८ माझठानामा महानगर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
थमन परियार स्मृति प्रतिष्ठान नेपालको आयोजना र पोखरा महानगरपालिका २८ वडा कार्यालयको सहआयोजनामा उक्त प्रतियोगिता आयोजना गरिने बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले सो प्रतियोगिता आगामी कात्तिक ६ देखी ८ गतेसम्म माझठाना स्थित परियारको स्मृतिमा नवनिर्मित खेलमैदानमा आयोजना गरिने बताए । उनले सो अवसरमा उक्त मैदानको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने बताए ।
तिवारीका अुनसार प्रतियोगिताकोे बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ प्रदान गरिनेछ भने उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार ५ सय ५५ प्रदान गरिनेछ ।
त्यस्तै खेल कार्यक्रम संयोजक मनमोहन अधिकारीले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा (उत्कृष्ट ब्लकर, सेटर, क्वीकर र सर्भर खेलाडी) पुरस्कृत गरिने जानकारी दिदै जनही ५ हजार प्रदान गरिने बताए । उनका अनुसार दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ । पछिल्लो समयसम्म १७ वडाको टोली दर्ता भैसकेको आयोजकले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस