काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ शुक्रबार भारत जाने भएका छन् ।
यस सिजनका लागि भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित किरण टिममा सामेल हुन त्यसतर्फ जाने भएका हुन् । किरणलाई पन्जाबले गत साउनमा अनुबन्ध गरेको थियो ।
फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहिबार स्वदेश फर्किएका किरणले नयाँ सिजन अघि टिमको प्रि-सिजन तयारीका लागि भारत जान लागेको बताए ।
टिम प्रि-सिजनका लागि गोवामा रहेको छ । टिमको तयारीका लागि भोलि म भारत जादैछु,’ स्वदेश फर्किएका किरणले भने । उनले अब विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मात्र स्वदेश फर्कने बताए ।
भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले किरणलाई दोस्रो पटक अनुबन्ध गरेको हो । किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस