एजेन्सी – सिंगापुरले युएईमा सुरु टी-ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई २ रनले पराजित गर्दै सिंगापुरले सुखद सुरुवात गरेको हो ।
दुबईमा सिंगापुरले दिएको १६९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।
स्कटल्याण्डका जर्ज हुन्सेले सर्वाधिक ४६ रन जोड्दा कलम म्याकलिडले ४४ रन बनाए । कप्तान केली कोट्जरले ३८ रन बनाए ।
सिंगापुरका विजय कुमारले ३ विकेट लिए । यस्तै अम्जाद महबुब र सिदान्त सिंहले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन बनाएको थियो । सिंगापुरको लागि सुरेन्द्ररन चन्द्रमोहनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अरित्र दत्तले ३२ तथा मनप्रित सिंहले २६ रन जोडे ।
स्कटल्याण्डका जोस डेभि र सफ्यान सरिफले २/२ विकेट लिए ।
जितसँगै सिंगापुरले १ खेलमा २ अंक जोडेको छ ।
सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रको सहभागिता रहेको छ । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस