नवलपरासी- स्वर्गीय मुङ्गा जायसवालको सम्झनामा भईरहेको मुङ्गा जायसवाल मेमोरियल खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
शनिबारको फाइनल खेलमा दुर्गा युवा क्रिकेट क्लब बढया(यु.पी.) भारतले बाल्मिकिनगर युवा क्रिकेट क्लब (बिहार) लाई रोमाञ्चक मैचमा २ विकेट ले हराएर बिजेता बनेको छ ।
ठाडीघाटको खेलकुदमैदानमा शनिवार भएको फाइनलमा बालमिकिनगर ( बिहार ) लाई २ विकेटले पराजित गर्दै मा दुर्गा युवा क्रिकेट क्लब बढया उत्तर प्रदेश भारत उपाधि जित्न सफल भएको हो ।
पहिले ब्याटिङ गरेको बाल्मिकिनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रनको योगफल खडा गरेको थियो । बाल्मिकिनगरका छोटेले ३८ बलमा नट अाउट खेल्दै ५४ रन जोडे ।
जवाफमा उतरेको बढया टिमले १७ ओभर ५ बलमा ८ विकेट गुमाएर १२४ रन जोड्दै उपाधि हात पार्यो ।
बढयाको जितमा ‘म्यान अफ द म्याच’ मुन्नाले नट अाउट खेल्दै छक्का प्रहार गर्दै ५६ रन योगदान दिए । यस प्रतियोगिताको बेस्ट खेलाडी जुगुन रहेका थिए भने बेस्ट बैट मैन छोटे र बेस्ट बलरमा उपविजेताका धिरु रहेका थिए ।
उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियोे । समापन तथा पुरस्कार वितरण कार्यक्रम रबिन्द्र जैसवालको अध्यक्षततामा भएको थियोे भने प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति अर्जुन कुमार पोखरेल, विशिष्ट अतिथि देवकरण कलवार सन्तु, बिक्रम खनाल, उमेश यादव, हरेन्द्र यादव लगायतको उपस्थित थियोे ।
विजयी टिमका खेलाडीलाई ट्राफी, नगद , पोसाक र प्रमाणपत्र प्रदान गरिएको थियोे । प्रमुख अतिथि पुरस्कार वितरण पछि शुभकामना मन्तव्य राख्दै मित्र राष्ट्र भारतका खेलाडीले नेपाल भारतको संबन्धनलाई थप समधुर बनाएको बताए साथै पोखरेलले खेलले खेलाडीको शारीरिक, मानसिक, बौद्धिक, विकास संगै राष्ट्रियको प्रतगि हुनेमा जोड दिनु भयो । जैसवाल परिवारले यस खेललाई निरन्तरता दिनेमा विश्वास गरे ।
स्वर्गीय मुंगा जैसवालको सम्झनामा वहाको परिवारजनले पाच बर्ष सम्म मेमोरियल खुल्ला क्रिकेट प्रतियोगिता संचालन गरिने स्वर्गीय जैसवालका नाति समाजसेवी अोमप्रकाश जैसवालले बताए । स्टार क्रिकेट क्लब सुस्ता – ५ को सहयोगमा संचालन भएको थियोे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस