काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमले म्यानमारको राष्ट्रिय टिम र इन्ग्लिश क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली राष्ट्रिय टिमले म्यानमार र इंग्ल्याण्डको क्लबसँग खेल्ने जनाएको छ ।
नेपालले म्यानमारसँग आगामी नोभेम्बर ७ मा खेल्ने जनाएको छ । खेल म्यानमारमा हुनेछ ।
कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग खेल्न लागेको हो ।
नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग नोभेम्बर १९ मा खेल्नेछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस्तै नेपालले इंग्ल्याण्डको ‘सी’ डिभिजन क्लब एल्डरसट टाउनसँग सन् २०२० को मे २५ मा मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल एल्डरसटको घरेलु मैदानमा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस