काठमाडौं -दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता एक महिना पछि परेको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता एक महिना सरेको जानकारी गराएको छ ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद साग, इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण र यू-१९ टिमको भारत भ्रमण परेको कारण प्रतियोगिता सारिएको जनाएको छ ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म हुनेछ । यस्तै एमसीसीको टिमले कात्तिक १६ देखि कात्तिक २६ सम्म नेपालको भ्रमण गर्नेछ ।
पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
पहिलो संस्करणको उपाधि पाेखरा पल्टनले जितेको थियो । गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको थियो ।
यस संस्करणको विजेता र उपविजेताले पाउने रकम भने खुलाईएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस