काठमाडौं – एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
इरानको उर्मियामा बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । सुरुवातबाट दबाबमा देखिएको नेपालले पहिलो हाफमा मात्र एक पोस्ट आक्रमण गरेको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि नेपालले फराकिलो हार व्यहोर्यो ।
पहिलो खेलमा फराकिलो हार व्यहोरेपनि नेपाली टोलीका सहायक प्रशिक्षक गौरभ बस्नेतले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।
‘हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पछिल्लो नतिजासँग र अहिलेको नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको छ,’ बस्नेतले भने, ‘ताजिकिस्तानसँग हामिले धेरै सिक्ने मौका पायौ। यस खेलमा सिकेका कुर अर्को खेलमा प्रयोग गर्ने छौ।’
ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए।
‘सुरुवाती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर, पहिलो हाफको अन्त्य तिर नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियौं,’ ताजिकिस्तानका प्रशिक्षक डेडोभिकले भने ।
जितसँगै छनोटको सेन्टर र साउथ जोनमा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग बिहिबार खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।
छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस