काठमाडौं – वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले चौथो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
वैदेशिक प्रशिक्षण तथा अभ्यास खेलका लागि थाईल्याण्डमा रहेको महिला भलिबल टिमले बिहिबार भएको खेलमा जापानको जुनियर टिमलाई ३–१ को सेटमा पराजित गरेको हो ।
नेपालले जापानी टिमलाई २५–१५, २०–२५, २५–१६ र २५–११ को सेटमा हराएको हो ।
अपराह्न ४ बजे जापानी टिमसँग खेल्ने तय भएपनि प्राविधिक कारणले बिहानै १० बजे नेपालले आफ्नो चौथो खेल खेलेको थियो ।
यसअघि नेपालले थाईल्याण्डको स्थानीय टिम जरानसानिवोङ र बैंकक युनिभर्सिटी यु–२३ टिमलाई समान ३–१ को सेटमा हराएको थियो ।
यस्तै, थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
नेपालले पर्सी (शनिबार) थाइल्याण्डको शीर्ष टिमसँग र बुधबार थाईल्याण्डकै युनिभर्सिटीको च्याम्पियन टिमसंग खेल्नेछ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो ।
थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।
महिला टिमले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन खेल्नेछ भने मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस