काठमाडौं – इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल जित विहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार भएको अन्तिम खेलमा अफगानिस्तानसँग ६-२ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहिन घर फर्किएको हो ।
इरानको उर्मियामा खेलको दोस्रो मिनेटमा मोहसेन रेजायीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो। छैठौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरिमा ल्याए।
१२ औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गर्दै २-१ ले पछि परेको नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफगानिस्तानका अक्बर काजेमीले गोल गर्दा नेपाल पहिलो हाफमा ३-२ ले पछि पर्यो।
दोस्रो हाफमा अफगानिस्तानले थप तीन गोल गर्यो । २७औं मिनेटमा मेहदी हशेमीले गोल गर्दा नेपाल ४-२ ले पछि पर्यो। ३६औं मिनेटमा फर्जाद महमोदी र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल अफगानिस्तानसँग ६-२ गोले पराजित भएको हो।
अफगानिस्तानसँगको हारसँगै सेन्टर र साउथ जोनको समूह ‘ए’ मा रहेको नेपाल अंक विहिन रहने एक्ली टिम बन्यो । र, नेपाल पुछारमा रह्यो ।
छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो ।
नेपाललाई हराएको अफगानिस्तान सान्त्वना जितसहित घर फर्कियो । अफगानिस्तानले ३ अंक जोड्यो ।
यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् ।
फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस