काठमाडौं – इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनै फर्म्याटको लागि राष्ट्रिय टिमको घोषणा गरेको हो ।
नेपालले टी-ट्वान्टीका लागि १५ सदस्सीय टिमको घोषणा गर्दा एकदिवसीय र फस्ट क्लासको लागि १४/१४ सदस्सीय टिमको घोषणा गरेको हो ।
तर, निर्वतमान कप्तान पारस खड्का भने एकदिवसीय टिममा मात्र अटाएका छन् ।
नेपालले एमसीसीसँग टी-ट्वान्टी, एकदिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ । यस्तै एमसीसीले नेपालको यू-१९ टिम र पोखरामा स्थानीय टिमसँग खेल्नेछ ।
नेपालसँगको सिरिजका लागि एमसीसीको टिम शुक्रबार नेपाल आईपुग्ने छन् । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन लागेको हो । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।
एमसीसीले नेपाल भ्रमणका लागि यसअघि नै टिमको घोषणा गरेको थियो ।
नेपाल र एमसीसीबीचको खेल तालिका :
३ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
६ देखि ८ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बर : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
पोखरामा हुने खेल –
११ नोभेम्बर : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस