एजेन्सी-अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् ।
कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति दिएपछि मेस्सीमाथि तीन महिने प्रतिबन्ध लगाइएको थियो । सो प्रतिबन्ध फुकुवा भएपछि उनी राष्ट्रिय टोलीमा परेका छन् ।
उनी आगामी महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि टिममा परेका छन् । कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाउँदै मेस्सीले त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।
सो विवादित अभिव्यक्तिपछि उनलाई कोपा अमेरिकाले तीन महिना कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए ।
प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा र उरुग्वेसँग १८ नोभेम्बरमा इजरायलमा प्रतिस्पर्धा गर्दैछ ।
उनी यसअघि ६ जुलाइमा कोपा अमेरिका कपको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस